पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा तुँवालो, लुम्बिनी–कर्णाली–सुदूरपश्चिममा बादल

hitkhabar.com


काठमाडौं । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो देखिने सम्भावना रहेको छ।

महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

त्यसैगरी, आज राति तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने तथा अन्य भू–भागमा आंशिक बदली रहने जनाइएको छ।

मौसमविद्ले तराई क्षेत्रमा बिहान–साँझको समयमा हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन र यातायातमा सामान्य असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया