काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो विदेश भ्रमण छिमेकी राष्ट्र भारतबाट सुरु हुने तयारी गरिएको छ। परराष्ट्र मन्त्रालयले भ्रमणका लागि प्रारम्भिक तयारी अगाडि बढाइसकेको जनाएको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर थापा क्षेत्रीका अनुसार भारत सरकारबाट औपचारिक निम्तो प्राप्त भइसकेको छ। भ्रमणको मिति, कार्यतालिका र अन्य विस्तृत कार्यक्रम भने पछि सार्वजनिक गरिने जानकारी दिइएको छ।
सरकार परिवर्तनपछि पहिलो विदेश भ्रमण छिमेकी मुलुकबाट सुरु गर्ने कूटनीतिक परम्परा अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमण तय हुन लागेको हो। यो भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
25 Apr 2026