मौसममा फेरबदलः केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

hitkhabar.com


काठमाडौं । नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

महाशाखाले सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना पनि देखिएको छ।

मौसममा आउने परिवर्तनका कारण दैनिक जनजीवन, कृषि तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया