काठमाडौं । काठमाडौं महानगरपालिकाको ‘टोल–टोलमा फिल्म महोत्सव’ अन्तर्गत मैतिदेवीमा आयोजित महोत्सव सम्पन्न भएको छ।
महोत्सवमा वरिष्ठ कलाकारहरू मदनकृष्ण श्रेष्ठ, मदनदास श्रेष्ठ र राजाराम पौडेलको उपस्थितिले कार्यक्रमलाई ऊर्जा प्रदान गरेको थियो।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. ३० का अध्यक्ष दलबहादुर कार्की, वडा नं. २९ का अध्यक्ष कुश ढकाल तथा विभिन्न वडाका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।
झरीको पर्वाह नगरी स्थानीय बासिन्दा तथा दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो।
04 Jul 2026