काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमानअनुसार आज देशका अधिकांश भू-भागमा बदली रहने र विभिन्न स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ। मधेश प्रदेशमा भने आंशिक बदली रहने सम्भावना छ। देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ।
बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा वर्षाको सम्भावना छ।
त्यसैगरी, कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा मधेश र कोशी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ। राति गण्डकी र बागमती प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।