काठमाडौं । हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहँदा, पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली सक्रिय देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। अन्य प्रदेशका पहाडी भू-भागमा पनि आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ भने तराई क्षेत्रका अधिकांश स्थानमा आंशिक बदली रहनेछ।
यसैगरी, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यम खालको वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
मौसमविद्हरूले विशेषगरी मेघगर्जन र चट्याङको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।
06 May 2026