साउने सङ्क्रान्तिमा प्रधानमन्त्रीको शुभकामना, साउने धरती झैं सबैका मनमा हरियाली छाओस्

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउने सङ्क्रान्ति पर्वको अवसरमा शुभकामना दिएका छन् । 

बिहीबार सामाजिक सञ्जालमार्फत उनले साउने धरती झैं सबैका मनमा हरियाली छाओस्, मनमा मेघजस्तो शीतलता भरियोस् भन्दै शुभकामना दिए । 

उनले भने,आज साउने सङ्क्रान्ति । साउने सङ्क्रान्तिपछि हाम्रा चाडपर्वहरू आउन थाल्छन्, साउनमा शिवको व्रत पूजा गरिन्छ। साउने धरती झैं सबैका मनमा हरियाली छाओस्, मनमा मेघजस्तो शीतलता भरियोस् । साउने सङ्क्रान्तिको शुभकामना ’


प्रतिक्रिया