प्रधानमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता

hitkhabar.com


काठमाडौं । चालु आर्थिक वर्षका मुख्य काम र उपलब्धि सुनिश्चित गर्न प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीबीच बिहीबार कार्यसम्पादन सम्झौता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू र मुख्यसचिवसँग सम्झौतापत्रमा हस्ताक्षर भई आदान–प्रदान गरिएको हो ।

यस क्रममा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा र आगामी कार्यक्रमको कार्ययोजना पनि प्रस्तुत गरिएको थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न पूर्वाधार निर्माण र सेवा प्रवाहमा सुधारका काम तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमै सुरु भएको हो । सम्झौता हस्ताक्षरपछि मन्त्रीहरूले अब आफ्ना मन्त्रालयका सचिवहरूसँग पनि यस्तै सम्झौता गर्नुपर्नेछ ।

प्रतिक्रिया