काठमाडौं । सरकारले आजदेखि दुई दिन देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रमअनुसार आज र भोलि गरी दुई दिन बालबालिकालाई लक्षित गर्दै यो अभियान सञ्चालन गरिएको हो।
कार्यक्रममार्फत बालबालिकामा भिटामिन ‘ए’ को कमी हुन नदिन तथा जुकाको संक्रमणबाट बचाउन आवश्यक औषधि प्रदान गरिँदै छ।
सरकारले तोकिएका स्वास्थ्य संस्था तथा अभियानका केन्द्रमा पुगेर आफ्ना बालबालिकालाई उमेरअनुसार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ।
03 Nov 2026