पश्चिमी वायूको आंशिक प्रभाव: तराईमा कुहिरो, पहाड–हिमालमा आंशिक बदली

hitkhabar.com


काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई क्षेत्रका केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने अपेक्षा गरिएको छ।

त्यस्तै, आज राति पनि तराई क्षेत्रका केही स्थानमा कुहिरो तथा हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

महाशाखाले विशेषगरी तराई क्षेत्रका सवारी चालक तथा सर्वसाधारणलाई कुहिरोका कारण सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया