काठमाडौं । देशभर हाल पश्चिमी वायूको आंशिक प्रभाव कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागका अधिकांश स्थानहरूमा देखिएको हुस्सु तथा कुहिरो मध्यान्हपछि क्रमिक रूपमा हट्दै जानेछ। बाँकी तराई भू–भागका अधिकांश स्थानहरूमा भने मध्यान्हसम्म हुस्सु–कुहिरो रहने अनुमान गरिएको छ।
यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमविद्को भनाइ छ।
आज राति पनि तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको छ। पहाडी तथा हिमाली भू–भागमा भने राति समेत मौसम सामान्यतया सफा नै रहने पूर्वानुमान गरिएको छ।
10 Jan 2026