कृष्णभीरमा ट्रयाक खुल्यो, भोलिबाट पृथ्वीराजमार्ग पूर्णरूपमा सञ्चालन हुने

hitkhabar.com


काठमाडौं । बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा ट्रयाक खोल्ने काम सरकारले सम्पन्न गरेको छ।

बाढी तथा पहिरोका कारण क्षतिग्रस्त सडकमा यातायात सञ्चालनका लागि आवश्यक ट्रयाक खोल्ने काम सम्पन्न भएको हो। ट्रयाक खुलेसँगै उक्त सडकखण्डमा सवारी साधन सञ्चालनको बाटो खुलेको छ।

सरकारले कृष्णभीर क्षेत्रमा सडक सञ्चालनका लागि आवश्यक काम सम्पन्न गरेसँगै भोलिबाट पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डमा पूर्णरूपमा सवारी साधन आउजाउ गर्ने जनाएको छ।

सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारी साधनले लामो समयदेखि समस्या भोग्दै आएका थिए। सडक सञ्चालनमा आएपछि काठमाडौं उपत्यका र मुग्लिन हुँदै देशका विभिन्न भागतर्फ हुने यातायात आवागमन सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया