काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।
आज सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो भने सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो।
23 Apr 2026