देशभर मौसम मुख्यतया सफा, तराईका केही स्थानमा कुहिरो

hitkhabar.com


काठमाडौं । नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

महाशाखाले दिएको जानकारीअनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

मौसममा ठूलो परिवर्तन नदेखिए पनि तराईका केही स्थानमा हुस्सु–कुहिरोका कारण दैनिक जनजीवन तथा यातायातमा सामान्य असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया