लघुवित्त पीडितसँग वार्ताका लागि सरकारद्वारा समिति गठन

hitkhabar.com


काठमाडौं । आन्दोलनरत लघुवित्त पीडितसँग संवाद गरी समस्याको समाधान खोज्न अर्थ मन्त्रालयले वार्ता समिति गठन गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो।

मन्त्रालयका अनुसार गठित समितिलाई लघुवित्त पीडितका प्रतिनिधिसँग तत्काल वार्ता सुरु गरी उनीहरूका माग र समस्याबारे छलफल गर्न निर्देशन दिइएको छ। सोहीअनुसार समितिले आजैदेखि वार्ता प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

लघुवित्तसम्बन्धी विभिन्न माग राख्दै आन्दोलनमा रहेका पीडितसँग संवादमार्फत समाधानको प्रयासस्वरूप सरकारले वार्ता टोली गठन गरेको जनाएको छ। वार्ताबाट समस्या समाधानका सम्भावित उपाय खोज्ने र आवश्यक सुझाव सरकारसमक्ष पेश गर्ने जिम्मेवारी समितिलाई दिइएको छ।

प्रतिक्रिया