आज यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास सक्रिय रहेकाले देशका विभिन्न भूभागमा वर्षा हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर सामान्यतया बदली छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली प्रदेशका केही भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ।

आगामी केही दिन यिनै प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको विभागले चेतावनीसहित उल्लेख गरेको छ। वर्षासँगै पहिरो, बाढी र नदी–नालामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रतिक्रिया