काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।
महाशाखाले दिएको जानकारीअनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।
यस्तै, कोशी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
आज राति तराईका थोरै स्थानहरूमा तुँवालो लाग्ने अनुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
12 Feb 2026