ईन्द्रबहादुर बानियाँ बागमती कांग्रेस संसदीय दलको नेता निर्वाचित

hitkhabar.com


हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नयाँ नेता ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न मतदानमा उनले २२ मत प्राप्त गर्दै निवर्तमान नेता एवं मुख्यमन्त्री बहादुर सिंह लामालाई पराजित गरे ।

कुल ३७ प्रदेशसभा सदस्यमध्ये ३६ मत मान्य ठहरिए। बानियाँले २२ मत पाए भने लामाले १४ मा सीमित भए । एक मत बदर भएको छ ।

यो दोस्रोपटक बानियाँ र लामाबीच संसदीय दलको नेताका लागि प्रतिस्पर्धा भएको हो । पहिलो पटक लामा २१–१६ को मतान्तरले विजयी भएका थिए ।

दलको नेतृत्व परिवर्तनसँगै बागमती प्रदेशको सत्ता समीकरण फेरिने संकेत देखिएको छ । मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्ताव समेत दर्ता भएकाले नयाँ सत्ता गठबन्धन बन्ने अड्कल विश्लेषकले लगाएका छन् ।

प्रतिक्रिया