सुशासनको सूचक सदनको मन्तव्य होइन, सार्वजनिक सेवा हो : मनिष झा

hitkhabar.com


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले सुशासनको वास्तविक मापदण्ड सदनमा गरिएको भाषण नभई सार्वजनिक सेवाको सुधार हुने बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “सुशासनको सूचक भनेको सदनको मन्तव्य होइन, सार्वजनिक सेवामा सुधार हो। लाइसेन्स कहिले पाइन्छ भन्ने ठेगान छैन, बिजुली–पानीको ठेगान छैन, पासपोर्ट लिन कति कुर्नुपर्छ ठेगान छैन, कारागारमा मान्छे सुरक्षित छैनन् — यही हो सूचक ।”

सांसद झाले सुधार, सुशासन र सेवा वितरणको अवस्थामै वास्तविक मूल्यांकन हुने भन्दै मिठो भाषणले मात्र सुशासन स्थापित नहुने स्पष्ट पा रे।

त्यसक्रममा उनले सभापति ‘खराब’ भएको कुरा थाहा हुँदाहुँदै गठबन्धन गर्ने अनि सम्बन्ध विच्छेदपछि मात्र आलोचना गर्ने राजनीतिक प्रवृत्तिमाथि प्रश्न उठाए। “पार्टनरसिपमा हुँदा एकदम राम्रो भन्ने, हटेपछि नराम्रो भन्ने राजनीतिक संस्कारको कमी त्यहीबाट देखियो,” उनले भने ।

प्रतिक्रिया