काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सरकारले देश निर्माणमा योगदान पुर्याइरहेका सम्पूर्ण युवाप्रति सम्मान व्यक्त गर्दै शुभकामना दिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सपना देख्ने आँखा, नयाँ बाटो खोज्ने सोच र परिवर्तन गर्ने आँट युवाको महत्वपूर्ण सामर्थ्य भएको उल्लेख गरेको छ।
मन्त्रालयले देश निर्माणका हरेक क्षेत्रमा आफ्नो ज्ञान, सीप, सिर्जनशीलता र ऊर्जामार्फत योगदान दिइरहेका सम्पूर्ण युवाप्रति सम्मानसहित अन्तर्राष्ट्रिय युवा दिवसको हार्दिक शुभकामना व्यक्त गरेको हो।
12 Aug 2026