काठमाडौं । देशभर हाल पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको छ। साथै दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक असर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो तराई भू–भागका अधिकांश स्थानमा मध्यान्नसम्म हुस्सु–कुहिरो रहने अनुमान गरिएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
यस्तै, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रको मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
09 Jan 2026