काठमाडौं । तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
प्रहरीका अनुसार छथर गाउँपालिका–२ की ती महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा सोही स्थानका ४४ वर्षीय लिलमबहादुर लिम्बुले जबरजस्ती करणी गरेको सूचना भदौ ९ गते प्राप्त भएको थियो ।
सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले लिम्बुलाई सोही दिन नियन्त्रणमा लिएको जनाएको छ ।
पीडित महिलाले घटनाबारे इलाका प्रहरी कार्यालय बसन्तपुरमा जाहेरी दिएपछि प्रहरीले आरोपितको स्वास्थ्य परीक्षण गराई हिरासतमा राखेको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
26 Aug 2026