वैशाख २८ मा संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने

hitkhabar.com


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सोमबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेललाई संयुक्त बैठकमा सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षामन्त्री सस्मित पोखरेलले सरकारले वैशाख २८ गते संसद्को संयुक्त बैठकमा सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको जानकारी दिइन् ।

प्रतिक्रिया