यी हुन् आजको मन्त्रिपरिषद् बैठकले गरेका चार निर्णयहरू

hitkhabar.com


काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न चार महत्वपूर्ण निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै विभिन्न प्रशासनिक, कूटनीतिक तथा श्रमसम्बन्धी विषयमा निर्णय गरिएको जानकारी दिए । 

यी हुन् आजको मन्त्रिपरिषद् बैठकले गरेका चार निर्णयहरू :

१. सम्माननीय राष्ट्रपति समक्ष संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई संवत् २०८३ साल वैशाख २८ गते सोमबार दिउँसो ४ बजे सम्बोधन गर्न तथा त्यसका लागि संघीय संसद्का सदस्यहरूको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने ।

२. परराष्ट्र मन्त्रालयको विदेशस्थित १५ जना नेपाली अनररी कन्सल जनरल तथा कन्सललाई पदमुक्त गर्ने ।

३. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावअनुसार अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गर्ने ।

४. श्रम निरीक्षणसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि, १९४७ नं. ८१ अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गर्ने ।

प्रतिक्रिया