पश्चिमी वायू सक्रिय, तराईमा हुस्सु र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

hitkhabar.com


काठमाडौं । नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु–कुहिरो लाग्ने सम्भावना रहेको छ।

महाशाखाले जनाएअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। यस्तै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना रहेको छ।

आज राति पनि तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु लाग्ने अनुमान गरिएको छ। कोशी, मधेश र बागमती प्रदेशसहित बाँकी हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम प्रायः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया