राष्ट्रिय क्रिकेट टोली आज यूएई जाँदै

hitkhabar.com


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार टोलीले प्रवेशाज्ञा पाएसँगै सोमबार यूएई प्रस्थान गर्ने भएको हो। नेपाली टोलीले असोज ११ देखि १४ गतेसम्म आयोजना हुने युनिटी कप टी–२० इन्टरनेशनल प्रतियोगिता मा सहभागिता जनाउनेछ।

यस प्रतियोगितामा नेपालले विश्व विजेता वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ।

शुक्रबार नै प्रस्थान गर्ने तयारीमा रहेपनि भिसा नपाउँदा टोलीको यात्रा स्थगित भएको थियो। आइतबार भिसा प्राप्त भएपछि नेपाली टोली आज यूएई प्रस्थान गर्ने भएको हो।

प्रतिक्रिया