नुवाकोट । रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको ११औँ दिनमा नुवाकोटको बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार गरिएको छ।
नुवाकोटको विदुर–१० निवासी श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका इन्स्पेक्टर सुमन बिकको कमान्डमा खटिएको टोलीले उद्धार गरेको हो। उद्धारका क्रममा श्रेष्ठ अचेत अवस्थामा भेटिनुभएको थियो।
उद्धारपछि उहाँलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैथिल ब्यारेक ल्याइँदैछ। त्यहाँ प्रारम्भिक उपचार गरिने र आवश्यकताअनुसार थप उपचारका लागि काठमाडौं लगिने जनाइएको छ।
For full video: https://www.facebook.com/share/r/1Ga1GP2zLZ/
05 Sep 2026