न्यूयोर्कमा नेपाल–भारत परराष्ट्रमन्त्रीबीच भेटवार्ता

hitkhabar.com


काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा पछिल्लो समय आएको विनाशकारी बाढीका क्रममा भारत सरकार तथा भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता र उपलब्ध गराएको तत्कालीन सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको थियो।

वार्तामा नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष, आपसी हित तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।

दुवै पक्षले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण तथा निकट सम्बन्धलाई थप मजबुत बनाउँदै आपसी हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने विषयमा विचार आदानप्रदान गरेका छन्।

प्रतिक्रिया