NEET-UG पेपर लिक विवाद: भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

hitkhabar.com


काठमाडौं । भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएका छन्।

चिकित्सा शिक्षाको परीक्षा 'नीट-यूजी' (NEET-UG) को प्रश्नपत्र बाहिरिएको (पेपर लिक) प्रकरणलाई लिएर विवाद बढेपछि उनले पदत्याग गरेका हुन्।

प्रश्नपत्र चुहावटको खबर सार्वजनिक भएसँगै भारतमा विद्यार्थी संघ-संगठन तथा विपक्षी राजनीतिक दलहरूले मन्त्री प्रधानको राजीनामा माग्दै तीव्र विरोध प्रदर्शन गर्दै आएका थिए।

चौतर्फी दबाब र सडक आन्दोलनका बीच शिक्षामन्त्रीले राजीनामा दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया