काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नभएकाले आज अधिकांश स्थानमा मौसम खुलेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि देशका धेरै भूभागमा आकाश उज्यालो देखिएको हो।
गण्डकी र कर्णाली प्रदेशका केही पहाडी जिल्लामा आंशिक बदली भए पनि त्यसले विशेष प्रभाव पार्ने अनुमान छैन। बाँकी प्रदेशमा मौसम सामान्य अवस्थामा स्थिर रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो कोशी तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही समय आंशिक बदली हुने सम्भावना छ। तर अन्य भूभागमा मौसम सफैँजस्तै रहनेछ।
राति पनि देशभर मौसम मुख्यतया सफा रहनेछ।
10 Dec 2025