काठमाडौं । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका अधिकांश स्थानमा मौसम सामान्य अवस्थामा रहेको र पहाडी भू–भागमा आंशिक बदली भए पनि बाँकी भू–भागमा मौसम सफा रहेको महाशाखाको विवरणमा उल्लेख छ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मुख्यतया सफा मौसम रहने अनुमान गरिएको छ।
यस्तै, आज राति देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। मौसम विज्ञहरूका अनुसार हाल कुनै पनि मौसमी प्रणाली सक्रिय नभएकाले निकट भविष्यमासमेत स्थिर मौसम रहने सम्भावना छ।
17 Oct 2025