काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । शुक्रबार (मंसिर ४) सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य घटेर प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला २२५ रुपैयाँले घटेर तीन हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
20 Nov 2026