आज देशभरको मौसम मुख्यतया सफा रहने, तराईमा बिहान हुस्सु लाग्ने

hitkhabar.com


काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशभरको मौसममा ठूलो परिवर्तन हुने सम्भावना देखिएको छैन। आज अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेश प्रदेशमा आंशिक बदली रहनेछ। देशका बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

त्यसैगरी, आज राति पनि कोशी र मधेश प्रदेशमा आंशिक बदली रहने तथा अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

मौसममा उल्लेखनीय प्रणालीको प्रभाव नरहे पनि बिहानको समयमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन तथा यातायातमा सामान्य असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिइन्छ।

प्रतिक्रिया