परराष्ट्र सचिव राय र भारतीय अतिरिक्त सचिव महावारबीच भेट

hitkhabar.com


काठमाडौं । भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावारले नेपालका परराष्ट्र सचिव अमृतबहादुर रायसँग शिष्टाचार भेट गर्नुभएको छ।

भारतका अतिरिक्त सचिव महावारले आज परराष्ट्र मन्त्रालयमा सचिव रायसँग भेट गर्नुभएको हो।

भेटका क्रममा दुवै पक्षबीच आपसी हितका विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस अवसरमा नेपाल–भारतबीच रहँदै आएको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने उपायबारे पनि छलफल भएको थियो।

नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा भएको यस भेटलाई दुई देशबीचको कूटनीतिक संवादका रूपमा हेरिएको छ।


प्रतिक्रिया