मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत

hitkhabar.com


काठमाडौं ।
संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमणलाई सरकारले स्वीकृति दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा महासभामा सहभागी हुने नेपाली टोलीको भ्रमण स्वीकृत गरेको हो।

सरकारको निर्णयअनुसार प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आगामी असोज ६ गते संयुक्त राज्य अमेरिका प्रस्थान गर्नेछ। महासभामा सहभागिता जनाएर प्रतिनिधिमण्डल असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

महासभामा नेपालका तर्फबाट प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ।

प्रतिक्रिया