काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच बुधबार भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा मुलुकको पछिल्लो अवस्था तथा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेपछि अर्थमन्त्री वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि वाग्लेले राष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन्।
23 Sep 2026