प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोडभन्दा बढी मौज्दात, विपद् प्राधिकरणलाई १ अर्ब निकासा

hitkhabar.com


काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि परिचालित प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९२६ रुपैयाँ मौज्दात रहेको छ।


कोषमा रहेको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ११ अर्ब ६३ करोड ८० लाख ९८ हजार २९१ रुपैयाँ मौज्दात रहेको जनाइएको छ।


यस्तै, कोषअन्तर्गत दुई वटा वाणिज्य बैंकका खातामा २५ करोड ४ लाख ७१ हजार ५४६ अमेरिकी डलर मौज्दात रहेको छ।


रसुवालगायत बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) लाई निकासा भइसकेको छ।


बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि संकलित रकम आवश्यकताअनुसार परिचालन भइरहेको जनाइएको छ।


प्रतिक्रिया