काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाली क्रियाशील छैन। आज बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने अन्य अधिकांश स्थानमा मौसम सफैँ रहेको छ।
दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। बाँकी प्रदेशहरूमा मौसम सामान्य रूपमा सफा रहने महाशाखाले जनाएको छ।
राति पनि कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने उल्लेख छ। भने, देशका अधिकांश स्थानमा मौसम सामान्यतः सफा रहने पूर्वानुमान गरिएको छ।
05 Dec 2025