काठमाडौं । कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका खेलाडीहरूले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा ११ टोलीको सहभागिता रहनेछ । कुल ३२ खेलका ३८४ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ भने खेलाडीहरूले १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशका लागि आफ्नो पहिचान, पर्यटन तथा खेलकुद क्षमताको प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । यस प्रतियोगिताले कर्णालीको खेलकुद विकाससँगै प्रदेशको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा सहभागी हुन देशभरबाट आउने खेलाडी, प्रशिक्षक, अतिथि तथा खेलप्रेमीहरूलाई कर्णालीमा हार्दिक स्वागत गरिएको छ ।
21 Nov 2026