तराईदेखि हिमालसम्म यस्तो रहनेछ आजको मौसम

hitkhabar.com


काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको तथा पूर्वी क्षेत्रमा भारतको ओडिशा आसपास अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा तथा देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ । त्यस्तै, कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशमा पनि आंशिक बदली रहने अनुमान छ ।

देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति देशका हिमाली भूभाग, मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी प्रदेशको तराई भूभागका साथै मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

प्रतिक्रिया