काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोसम्म तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
महाशाखाले जनाएको छ कि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ। अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
तराई क्षेत्रमा बिहानको समयमा देखिने हुस्सु तथा कुहिरोका कारण सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
हाल उल्लेखनीय वर्षा वा हिमपातको सम्भावना भने नरहेको जनाइएको छ।
16 Feb 2026