आईटी क्षेत्रका दक्ष जनशक्तिलाई दुई लाखसम्म तलबको व्यवस्था : प्रधानमन्त्री ओली

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले मासिक दुई लाख रुपैयाँसम्म तलब दिने व्यवस्था मिलाएको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत उनले यो कदमले अनलाइनमार्फत सरकारी सेवा विस्तारलाई सहज बनाउने, ढिलासुस्ती, घुस–कमिसनजस्ता प्रवृत्ति नियन्त्रण गर्ने र दक्ष जनशक्ति विदेश पलायन रोक्ने विश्वास व्यक्त गरे ।

‘आईटी जनशक्तिलाई दुई लाखसम्म तलब दिँदा सफ्टवेयर प्रणाली विकासको लागत यथार्थपरक हुनेछ,’ उनले लेखेका छन्, ‘आईटी पढेका युवाका लागि यो सुखद् खबर हो।’



प्रतिक्रिया