काठमाडौं । नेपाली बजारमा सोमबार सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १३ रुपैयाँले घटेर २ लाख ९९ हजार ७ सय रुपैयाँमा झरेको छ । आइतबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ३५ रुपैयाँले घट्दै आज ५ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको भाउ ५ हजार २ सय २५ रुपैयाँ रहेको थियो ।