काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले काठमाडौंको खुलामञ्चबारे सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।
प्रधानमन्त्री शाहले आइतबार आफ्नो फेसबुकमा खुलामञ्च राम्रो बनाइएको उल्लेख गर्दै नयाँ पार्टीले त्यहाँ कार्यक्रम आयोजना गरेर गाली गर्न पाएको भन्दै व्यंग्यात्मक टिप्पणी गरेका हुन्।
उनले लेखेका छन्, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्!’
04 Oct 2026