काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका छन्।
राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को वैशाख ८ गतेको सिफारिसमा अधिवेशन बोलाइएको हो। अधिवेशन सङ्घीय संसद् भवन, सिंहदरबारमा बस्नेछ।
उक्त अधिवेशनमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका बैठकहरू सञ्चालन हुने जनाइएको छ। आगामी बजेट सत्रको तयारीका लागि अधिवेशन आह्वान गरिएको मानिएको छ।
23 Apr 2026