नेपाली बजारमा चाँडै सार्वजनिक हुँदै सामसङ ग्यालेक्सी ए १७, मूल्यबारे कस्तो छ अनुमान ?

hitkhabar.com


काठमाडौँ । सामसङले आफ्ना नयाँ स्मार्टफोनहरूमध्ये ग्यालेक्सी ए १७ नेपाली बजारमा चाँडै सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यो फोन आकर्षक बनावट, पातलो डिजाइन र नवीनतम प्रविधि सहित ल्याइने अपेक्षा गरिएको छ।

ग्यालेक्सी ए १७ मा ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ, जसमा ९० हर्जको रिफ्रेश रेट सुविधा पाउन सकिन्छ। डिस्प्ले सुरक्षित बनाउन गोरिल्ला ग्लास भिक्टस प्रोटेक्सन राखिएको छ।

क्यामेरा पक्षमा, यसमा ५० मेगापिक्सेलको ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) सहितको मेन क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स र २ मेगापिक्सेलको म्याक्रो लेन्स दिइनेछ। सेल्फीका लागि १३ मेगापिक्सेलको क्यामेरा उपलब्ध हुनेछ।

यो स्मार्टफोन एन्ड्रोइड १५ मा आधारित वनयूआई ७ मा सञ्चालन हुनेछ। सामसङले यसमा एक्सिनस १३३० चिपसेट प्रयोग गरेको छ। कम्पनीले ६ प्रमुख एन्ड्रोइड अपग्रेड र नियमित सुरक्षा अपडेट उपलब्ध गराउने घोषणा गरेको छ।

स्मार्टफोनमा दैनिकीलाई अझ सहज बनाउन ‘जेमनाई एआई’ समावेश गरिएको छ। ब्याट्रीतर्फ, यसमा ५,००० एमएएच क्षमताको ब्याट्री रहनेछ जसलाई २५ वाटको फास्ट चार्जिङले सपोर्ट गर्नेछ।

भण्डारण विकल्पमा ग्यालेक्सी ए १७ ४/१२८ जीबी, ६/१२८ जीबी र ८/२५६ जीबी भेरियन्टमा आउनेछ। यद्यपि, यसको आधिकारिक मूल्य सामसङले अझै सार्वजनिक गरेको छैन। बजार विश्लेषकहरूले भने यसको मूल्य श्रेणीबारे अनुमान गर्न थालेका छन्।


प्रतिक्रिया