काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन गर्न बनेको विधेयक फिर्ता गरेका छन् । संविधानको धारा ११३ को उपधारा (३) अनुसार पुनर्विचारका लागि आज (बिहीबार) प्रतिनिधिसभामा फिर्ता पठाइएको हो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उक्त विधेयक संविधानको मर्म, भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएको ठहर गर्दै फिर्ता गरिएको हो ।
यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई असार ३१ गते प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिएको उक्त संशोधन विधेयक राष्ट्रपतिले अस्वीकार गर्दै पुनर्विचारका लागि फिर्ता पठाएका हुन् ।
24 Jul 2025