बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

hitkhabar.com


काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ जना सदस्य नियुक्त गरेको छ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ (च) र (ज) बमोजिम रिक्त सदस्य पदका लागि भएको अन्तर्वार्ताबाट योग्यताक्रमअनुसार सिफारिस भएका व्यक्तिहरूलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।

नवनियुक्त सदस्यहरूमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी रहेका छन्।

नवनियुक्त सदस्यहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र अस्पतालका अध्यक्ष प्रा. डा. योगेन्द्र प्रसाद सिंह समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।


प्रतिक्रिया