गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठक

hitkhabar.com


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनपछि शोक प्रस्ताव पारित गर्न पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार बैठक साउन १३ गते बिहान ८ः३० बजे ललितपुरस्थित बी.पी. स्मृति भवन, बी.पी. नगरमा रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन पार्टीले अनुरोध गरेको छ।

त्यसैगरी, दिवंगत नेता श्रेष्ठको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न साउन १३ गते बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिने कार्यक्रम तय गरिएको विज्ञप्तिमा उल्लेख छ।

श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि उनको पार्थिव शरीरलाई पशुपति आर्यघाट लगेर अन्तिम दाहसंस्कार गरिने नेपाली कांग्रेसले जनाएको छ।

गोपालमान श्रेष्ठको मंगलबार हेलिस अस्पतालमा उपचारका क्रममा निधन भएपछि पार्टीले शोक व्यक्त गर्दै आकस्मिक केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको हो।

प्रतिक्रिया