परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर जनरलबीच भेटवार्ता

hitkhabar.com


काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले अष्ट्रेलियाकी गभर्नर जनरल साम मोस्टिनसँग शिष्टाचार भेट गर्नुभएको छ।

अष्ट्रेलियाको राजधानी क्यानबेरास्थित गभर्मेन्ट हाउसमा आज भएको भेटमा नेपाल–अष्ट्रेलिया सम्बन्धका विभिन्न पक्षमा छलफल भएको हो।

भेटका क्रममा गभर्नर जनरल मोस्टिनले हालैको भोटेकोशी बाढीका कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति अष्ट्रेलियाको ऐक्यबद्धता पुनः व्यक्त गर्नुभयो।

परराष्ट्रमन्त्री खनालले दुःख व्यक्त गरेकोमा अष्ट्रेलियाप्रति आभार व्यक्त गर्दै नेपाललाई निरन्तर प्रदान गर्दै आएको सहयोग र समर्थनका लागि धन्यवाद दिनुभयो।

भेटमा आपसी सम्मान, साझा लोकतान्त्रिक मूल्य–मान्यता तथा दुई देशका नागरिकबीचको घनिष्ठ सम्बन्धमा आधारित नेपाल–अष्ट्रेलियाको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप जोड दिइएको थियो।

प्रतिक्रिया